लकडाउन : के खुल्यो, के खुलेन ?
काठमाडौं, २९ जेठ । सरकारले लकडाउनलाई खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
-सबै प्रकारका ढुवानी सेवा सुचारु गरिने,
-निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिने,
-होटेलहरु क्वारेन्टाइनका लागि मात्र खुला गर्ने,
-भिडभाड नगरी आवागमन खुला गरिने,
-मोटरसाइकलमा एकजना मात्रै यात्रा गर्न पाइने,
-एउटा चारपाङ्ग्रे सवारीमा दुई जना मात्र यात्रा गर्न पाइने,
– रेष्टुरेन्टबाट खानेकुरा प्याकेटमा लिन पाइने,
– अनुमति पाएका बाहेक शैक्षिक संस्थाहरु सञ्चालन नगरिने,
-निजी क्षेत्रबाट सञ्चालित विकास आयोजना निर्वाधरुपमा सञ्चालन गरिने,
-कार्यालयहरु भिडभाड नगरी दुई सिफ्टमा सञ्चालन गर्ने, कार्यालय समय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, कर्मचारीलाई २ सिफ्टमा काम
-सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने
