Breaking Newsस्थानीय

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

Share it with you friends


लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तीम दिन धुनिवेशी नगरपालिकाले र्यालि तथा सचेतना मुलक अन्तरकृया कार्यक्रम गरि मनाएको छ ।
नगरपालिका भित्रका विभिन्न महिला समुह, सहकारी, सामाजिक संघ संस्था तथा नागरिक समाजको सहभागितारहेको कार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नगरपालिकाले सार्बजनिक गरेका प्रतिवद्धताहरुको बारेमा जानकारि प्रदान गरिएको थियो ।
कार्यक्रममा धुनिवेशी नगरपालिकाले महिला वालवालिका तथा लैंगिक अल्पसंङ्ख्यकका लागि तय गरेका विविध कार्यक्रमहरुका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा धुनिवेशी नगरपालीका वडा नं २ कि रशिला तामाङलाइ सम्मान गरिएको छ गत कार्तिक ३० गते हङकङमा सम्पन्न एक सय किलोमिटर अक्सफाम ट्रेलवाकर अल्ट्रा दौड प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरि धुनिवेशी नगरपालिकाको प्रतिष्ठा उच्च राख्न मद्दत गरेको भन्दै नगरपालिकाले नगद रु २० हजार सहित सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *