विपन्नलाई सहयोग गर्दै थाक्रे गाउपालिका ।

राजाराम डंगोल , महादेबबेशी , माघ २५ गते । विपन्नहरुलाई सिप सिकी ब्यवसायिक रुपमा आफ्ना गतिविधीहरुलाई अगाडी बढाउन थाक्रे गाउपालिकाले अध्यक्ष संग विपन्न कार्यक्रम लागु गरेको छ । थाक्रे गाउपालिकामा रहेका विपन्नहरुको परिवारलाई लक्षित गरी सुरु गरिएको कार्यक्रममा थाक्रे गाउपालिका भित्रका १०० जना विपन्न परिवारलाई पारिवारिक रुपमा सिप सिकी आयमुलक कार्यक्रम गर्नको लागि प्रति परिवार रु २५ हजारका दरले नगद रुपैँया हस्तान्तरण गरिएको छ ।

थाक्रे गाउपालिकाको कार्यालयमा आज भएको कार्यक्रममा गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेती, कार्याकारी अधिकृत सुर्य प्रसाद उपाध्याय, नेकपा का नेता नेत्रराज पौडेल, थाक्रे गाउपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा का नेता नेत्रराज पौडेलले गाउपालिकाले् सुरु गरेको अभियानमा सबैले साथ र सहयोग गर्दै संबृद्ध थाक्रे निर्माणमा सबैले महत्वपूर्ण भुमिका निर्वाहगर्नको लागी आग्रह गर्नुभयो । साथै गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले अहिले बाढिएको रकमलाई बिउ पुजीको रुपमा लिई आयमुलक कार्यहरु गर्न समेत आग्रह गर्नुभयो ।
