विप्लवकाे नाममा २ करोड माग्ने ४ जना पक्राउ

Share it with you friends

काठमाडौं, २९ चैत । व्यवसायीहरुसँग चार करोड रुपैयाँ फिरौती माग गर्दै आएका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाका ४० वर्षीय चेतबहादुर गुरुङ, गोरखाकै २८ वर्षीय व्यवसायी सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाल रहेका छन् ।

उनीहरुले फोन मार्फत आफूहरु नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ता भएको भन्दै व्यवसायीहरुलाई विभिन्न नम्बरमार्फत दुई करोड रुपैयाँ माग गरेका थिए । उनीहरुले भारतीय नम्बरबाट समेत फोन गरी धम्क्याएको गोर्खाकै एक व्यवसायीले प्रहरी समक्ष उजुरीमा बताएका छन् ।

चन्दा नदिए बमले उडाइदिने भन्दै धम्की दिने गरेको व्यवसायीहरुको उजुरीका आधारमा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले चार जनाको उक्त समूहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चैत २८ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

समूहका प्रमूख योजनाकार चेतबहादुर गुरुङ रहेको र उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते