विश्व माटो दिबसको अवसरमा कृषि रेडियोद्धारा माटो परिक्षण तथा माटो मेला सम्पन्न ।

भरत प्रसाद रेग्मी धार्केबजार धादिङ मंसिर १९ । विश्व माटो दिवसको अवसरमा धादिङमा संचालित कृषि रेडियोले माटो परिक्षण शिविर तथा माटो मेला गरेको छ । कृषि रेडियो धादिङको आयोजना तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड को सह–आयोजनामा सम्पन्न भएको कार्यक्रममा धादिङ उद्योग बाणिज्य संघ, धादिङ इटा उद्योग संघ, स्रोत पहिचान तथा ब्यवस्थापन समाज ( रिम्स ) नेपाल, सेकार्ड नेपालको सहयोगमा सम्पन्न भएको कार्यक्रममा धादिङको धुनिबेशी नगरपालिका तथा थाक्रे गाउपालिकाका कृषकहरुको उपस्थिती रहेको थियो ।

माटो परिक्षण तथा माटो मेलामा कृषकहरुले परिक्षणको लागि १०८ ओटा माटोको नमुनाहरु परिक्षणका लागि लेराएका थिए । कृषकहरुले लेराएका माटोको पि.एच. का साथै एन. पि. के. परिक्षण गरिएको थियो ।माटो परिक्षण लाई रविन्द्र थापा तथा श्यामचन्द्र आचार्यले सहजीकरण गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा विभिन्न घाँसे बालिको विउहरु , थोपा सिँचाई प्रविधि, झोल मल निर्माण गर्ने प्रविधि, गड्यौले मल, कृषिका विभिन्न प्रविधिका बारेमा लेखिएको पुस्तक, पर्चा तथा पम्पप्लेटहरुको प्रर्दशनी गरिएको थियो ।


कार्यक्रममा साल्ट ट्रेनिङ कर्पोरेशन का विभागिय प्रवन्धक ब्रजेश कुमार झा, धादिङ उद्योग बाणिज्य संघका महासचिब इश्वर प्रसाद कोईराला , धादिङ इटा उद्योग संघका कोषाध्यक्ष निराजन रेग्मी, श्रोत पहिचान तथा ब्यवस्थापन समाज ( रिम्स ) नेपालका सचिब प्रमिला पण्डित, सेकार्ड नेपालका रिता धिताल , कृषि ज्ञान केन्द्र धादिङका प्रमुख केशब देवकोटा, धुनिबेशी नगरपालिका का कृषि शाखा प्रमुख सन्तोष खड्का लागयतले कृषि उत्पादनको लागि माटो अपरिहार्य रहेकाले माटोको गुणष्तर जोगाउन आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा धादिङको धुनिबेशी नगरपालिका , थाक्रे गाँउपालिका का साथैनुवाकोट जिल्लाका विभिन्न स्थानका कृषकहरुको उपस्थिती रहेको थियो ।
