विहे अघिको शारीरिक सम्वन्धका बारेमा के भन्छिन केकी ?

Share it with you friends

नेपाली चलचित्रकी भलाद्मी नायिकाको परिचय बनाएकी केकी अधिकारी विवाहअघिको शरीरिक सम्वन्ध राम्रो नभएको बताउँछिन् । यसले दुर्घटना पनि निम्त्याउन सक्ने भएकाले आफूले नराम्रो भनेको उनले बताइन् ।

एनले भनेकी छन् , ‘म सेक्सलाई एकदमै रेस्पेक्ट गर्छु । हरेक चिज यो विना अगाडी बढ्न सक्दैन । मलाई के लाग्छ भने यदी तपाई त्यसलाई सही ठान्नु हुन्छ भने सेक्स राम्रो हो ।

तर जिम्मेवारीका साथ शारीरिक सम्बन्ध बनाउनु हुन्छ भने राम्रो हो तर गैरजिम्मेवारी तरिकाबाट गरिने सम्बन्धलाई चाहिँ म कहिले स्वीकार गर्दिन ।’

‘मैले यसलाई नराम्रो भन्न खोजेको होइन तर मान्छेहरु गैरजिम्मेवारी भईदिँदा यसबाट धेरै दुर्घटनाहरु घट्न सक्छ’, उनले थपिन् ।

भलाद्मी नायिका केकीको अहिलेसम्म त्यस्ता खबरले वजार तताएका पनि छैनन् ।

‘स्वर’ फिल्मबाट रजतपटमा भित्रिएकी केकीको मेरो बेस्ट फ्रेन्ड, आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल लगायतका चलचित्रहरु प्रदर्शन भइसकेका छन् ।

उनले अभिनय गरेको फिल्मले भने थोरैले मात्र सफलता पाएका छन् । फिल्म फ्लप भए पनि केकीलाई दर्शकले मन पराएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *