वीर अस्पतालको नाममा रकम संकलन नगर्न धुर्मस सुन्तली फाउण्डेशनलाई सरकारको निर्देशन, के भने धुर्मुसले ?

Share it with you friends

काठमाडौं, १८ जेठ । सरकारले वीर अस्पतालको नाममा धुर्मस सुन्तली फाउण्डेशनमार्फत रकम उठाउन रोक लगाएको छ । अस्पतलाको नाममा उठाएको रकम दुरुपयोग भएको भन्दै सरकारले रोक लगाएको हो ।

सरकारले चन्दा उठाउन पनि रोकेको छ । विहीबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले अब रकम नउठाउन निर्देशन दिनु भएको हो ।

तर पत्रकार सम्मेलनमा वीर अस्पताल सरसफाइ र रंगरोगनमा सक्रिय सीताराम कट्टेल धुर्मुसले अनियमितताको आरोप लगाउनेलाई प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले आरोप प्रमाणित भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । भावुक हुँदै उनले उठाएको रकम एक रुपैयाँ पनि तलमाथि गरेको प्रमाणित भए त्यसको एक दिन पनि आफू यो धर्तिमा नरहने बताए ।

उनी आफू कलाकारितामा समेत सफल रहँदै गर्दा अपजश आउने सामाजिक कार्यमा सहभागी हुने चुनौती मोलेको बताए ।

उनले फाउण्डेशनमार्फत अहिलेसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ संकलन भएको बताए ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वैशाख २३ गते वीर अस्पतालबाट देशव्यापी सरकारी अस्पताल सरसफाई अभियानको घोषणा गरे पछि वीर अस्पतालको सफाई र रंगरोगनमा धुर्मुस जोडिएका थिए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते