वेश्या र मदिराले बदनाम यो शहर यसरी समुन्द्रमा विलिन भयाे

Share it with you friends

एजेन्सी, ८ चैत । जमैकाको पोर्ट रोयल कुनै समय संसारकै सबैभन्दा धेरै व्यस्त र मानव चहलपहलले भरिएको शहर थियो । वेश्या, मदिरा र समुन्द्री लुटेराहरुको गढ बनेको त्यस शहर संसारभरी नै बदनाम थियो ।

सन् १६९२ मा आएको विनाशकारी भूकम्पले एकै झट्कामा त्यस शहरलाई समुन्द्रमा बिलिन गरायो । शहर समुन्द्रमा हराएपछी धेरै मानिसहरु पनि त्यसै समुन्द्रमा समाधिस्त भएका थिए ।भनिन्छ सन् १५१८ तिर स्पेनका मानिसहरुले त्यस टापुलाई फेला पारेका थिए । तर पछि अंग्रेजहरुले त्यसलाई कब्जा गरेका थिए । त्यस क्षेत्रमा अंग्रेज र अन्य देशका समुन्द्री लुटेराहरुबीच व्यापार चल्थ्यो । अंग्रेजहरु त्यहाँ मानव तस्करी, मदिरा, सुनचाँदी र वेश्याहरुको माध्यमबाट पैसा कमाउँथे । खराब धन्दा चलाएको कारणले पोर्ट रोयल ‘सिन सिटी’ अर्थात् पापको शहर नामले परिचित थियो ।

पापले पराकाष्टा नागेको शहरको नीति र नियम पनि पापपूर्ण नै थियो । शहरको गभर्नरसम्म एक समुद्री लुटेरा नै थियो । हैनरी मोर्गन नाम गरेका ती समुन्द्री लुटेराले त्यस शहरमा गभर्नर बनेर वर्षौंसम्म शासन गरेका थिए ।धेरै वर्ष अघि केही वैज्ञानिकहरुले समुन्द्रमुनि खोजी अनुसन्धान गरेर त्यस शहरलाई पानीमुनि फेला पारेका थिए । त्यस शहरका धेरै क्षेत्रहरु आज पनि पानीमुनि एकदमै सुरक्षित छन् ।

सिन सिटीको अवशेष आज पनि समुन्द्रभन्दा ४० फिटमुनि यथावत् नै छ । केही पर्यटकहरुले सन् १९९० सम्म अग्लो स्थानबाट पानी मुनि डुबेको त्यस शहरलाई देख्न सकिने दावी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *