शक्तिशाली भूकम्पले १ सय जनाको ज्यान गयो, भूकम्प पछिको पहिरोले सिंगो बस्ती नै बग्यो
एजेन्सी । पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पका कारण इन्गा राज्यमाकम्तिमा पनि एक सय जनाको ज्यान गएको छ ।
त्यहाँ आएको ठूलो पहिरोले गाउँ नै बगाएको बिबिसीले जनाएको छ ।
केहि ठाउँमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पमा फसेकाहरुको उद्दार चलिहेको छ ।
पपुवान्यूगिनीले यस अघिको भूकम्प बिर्सन नपाउँदै फेरि पीडा थपिएको छ । यसअघि गएको फागुन १४ गतेको ७ दशमलव ५ रेक्टर स्केलको भूकम्पले थलिएको पपुवान्यूगिनीमा फेरि अर्को भूकम्प आएको हो ।
