शव भेटिएका ९ मध्ये ८ जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी आईतबार पनि जारी (अपडेट)

Share it with you friends

२६ श्रावण, २०७६

धादिङ्ग–

धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएकाहरुको आईतबार पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।

हालसम्म दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ तर बसमा कति जना थिए र बेपत्ता कति भएका छन् भन्ने यकिन हुन अझै पनि सकेकोे छैन । खोजीका लागि त्रिवेणी–सुस्तासम्मै उद्धारकर्ता खटिएको प्रहरीले जनाएको छ । त्रिशूली तथा नारायणी नदी किनारमा पर्ने धादिङ सहित गोरखा, तनहुँ, चितवन, पूर्व नवलपुर सहितका जिल्लाका प्रहरी इकाइ खोजीमा खटिए पनि थप व्यक्तिबारे जानकारी हुन सकेको छैन ।

हालसम्म मृत पुष्टि भएका ९ जना मध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको हो । यस्तै चितवन र तनहुँमा दुई–दुई जनाको शव भेटिएको र गोरखा तथा पूर्वी नवलपुरमा एक–एक जनाको शव भेटिएको जनाइएको छ ।

शव भेटिएका मध्ये ८ जनाको पहिचान भएको छ । ज्यान गुमाउनेमा भारत सितामढीका ३० वर्षे अजय ठाकुर, सर्लाहीका २५ वर्षे विजय कुर्मी, सर्लाहीको मलंगवा–१ का सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका–६ का ५५ वर्षे जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षका विनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका–६ का २५ वर्षकी सरीताकुमारी महतो र उनका ६ वर्षका छोरा आशिषकुमार साह तथा भारतका अजय ठाकुर रहेको प्रहरीले जनाएको छ । एक महिलाको परिचय भने खुल्न नसकेको धादिङ्ग प्रहरीले जनाएको छ ।

कम्तिमा २० जना अझै बेपत्ता रहेको अनुमान छ । बसका चालक बेहोस रहेको र हाल उनको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेकाले यात्रुको संख्या यकिन गर्न नसकिएको हो । सर्लाहीको मलंगवाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको थियो । १६ जनाको सकुशल उद्धार भएको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते