शशांकको प्रश्न–‘के अब यसरी पार्टी चल्न सक्छ ?’

Share it with you friends

चितवन, ३१ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “अब के यसरी पार्टी चल्न सक्छ ?” क्रियाशील सदस्यहरूको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने उहाँको भनाइ थियो ।

अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उहाँले भन्नुभयो, “अब क्रियाशील सदस्यहरूको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र त्यसको तयारी भइरहेको छ ।” पार्टीले क्रियाशील सदस्यहरूको जानकारी राख्ने र उनीहरूको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।

अबको समयमा काँग्रेसमा एकता हुनु जरुरी रहेको महामन्त्री कोइरालाको भनाइ थियो । काँग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने बताउँदै उहाँले काँग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङलगाएतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न विद्यालयका प्रध्यानाध्यापक, दीर्घसेवी शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 22 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते