शिक्षकहरुका लागि प्राथमिक उपचार तालिम

धादिङको धुनिवेशी नगरपालिकाको आयोजनामा विद्यालय स्तरिय प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
नाडेनको सहयोगमा धुनिवेशी नगरपालिकाले नगरपालिका भित्रका विद्यालयहरुका शिक्षकहरुका लागि प्राथमिक उपचार सम्वन्धि एक दिने तालिम सञ्चालन गरेको हो ।
विद्यालय तथा समुदायमा हुने दुर्घटना तथा चोटपटक लगायतका समस्यालाई सहज रुपमा समाधानका लागी नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा प्राथमिक उपचार झोला समेत वितरण गरेको छ ।
धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले प्राथमिक उपचार तालिम कार्यक्रम सुरुवात मात्र भएको र यस्ता कार्यक्रमहरु निरन्तर रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्राथमिक उपचारका अभाबमा कुनै पनि नागरिकको अकालमा ज्यान नजाओस् भन्ने कुरामा आफुहरु सचेत रहेको पनि नगर प्रमुख आचार्यले बताउनु भयो ।
