सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोलको अभिनयमा रहेको “साईँला” गीत बजारमा ।
२०७६,भाद्र,१२ -धार्के, धादिंग सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोलको अभिनयमा रहेको “साईँला” गीत बजारमा आएको छ । लाखौँ नेपालीहरु बैदेशिक रोजगारीका लागी खाडीमुलुक भासिरहेको अबस्थामा त्यहाँको दुःख र त्यहि मरुभुमीमा मृत्यु बरण गर्न पुगेको नेपालीको पिडालाई बास्तबिकतामा उतार्ने प्रयास यस साईँला गीतले गरेको छ । यस गीतलाई सुन साईँलीको प्रतिउत्तरका रुपमा निकालिएको यस गीतमा अभिनय गर्नुभएका सञ्चारकर्मी तथा मोडल राजाराम डँगोलले जानकारी दिनुभयो । हेमन्त रानाको गीतमा गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको सुन साईँली गीतको प्रति उत्तरका रुपमा निकालिएको यस साईँला गीतले बजारमा निकै चर्चा पाउने पनि सञ्चारकर्मी डँगोललको बिश्वास छ ।लामाले भने शब्द सँगीत रहेको छ दिनेश भुजेलको, म्युजिक एरेन्जर राम कार्की रहनुभएको छ । यस साईँला गीतका अभिनयमा सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोल, सुशिला अर्याल र उषा न्यौपाने रहनुभएको छ । साईँला गीत हर फार्म फिल्मले निर्माण गरेको हो भने ब्राईट नेपाल नामक युटुव च्यानलबाट बजारमा आएको हो । गीतमा अभिनय गर्नुभएका सबै स्रोताको मन जित्न सफल राजाराम डँगोल धादिङ बाट प्रसारण भैरहेको कृषि रेडियो १०१.५ मेगाहर्जमा बिगत यक दसक देखि बिहान दस बजे देखि एघार बजे सम्म र बेलुका ४ बजे देखि पाँच बजे सम्म दैनिक लोग गीतको कार्यक्रम लोक शुसेली र लोक मन्जरी सन्चालन गर्दै आउनु भएको छ साथै उहाँको अन्य रेडियो कार्यक्रम देखि स्टेज कार्यक्रम सम्मका कुसल कार्यक्रम सन्चालक हुन उहाँ अरु विभिन्न साङ्गितिक समुह मा पनि आबद्ध हुनुहुन्छ भने उहालेनै अभिनय गरेको अर्को लोक गित खोली सुसाउने बोलको गित पनि फाइनल भैसकेको र केही दिनमै बजार मा आउने डंगोलले बताउनु भयो। भने अन्य टिम हर फार्म फिल्म र रेडियो मान्खुका रहनुभएको छ ।
