सतुंगलमा जीपको ठक्करबाट धादिङका तामाङको मृत्यु

Share it with you friends

काठमाडौँ, २ वैशाख । काठमाडौंको सतुंगलमा जीपको ठक्करबाट धादिङ गल्छी गाउँपालिकाका सोमबहादुर तामाङको मृत्यु भएको छ ।

विहान सबेरै तामाङलाई बा १७ च ९३३० नम्बरको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

तामाङ चढेको बा ८० प ९२२३ नम्बरको मोटरसाइकललाई जीपले ठक्कर दिएको थियो ।

धादिङ घर भई नैकाप बस्ने तामाङको ओम समाज अस्पतालमा साढे चार बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *