Breaking Newsखेलकुदराष्ट्रिय समाचार

सन्दिप लामिछानेले अाज अाइपिएल खेल्ने

Share it with you friends

काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेकै दिन सन्दीप लामिछाने आइपिएलमा आज डेब्यू गर्ने भएका छन् ।

आइपिएल-११ को आजको ४५ खेलबाट उनले डेब्यू गर्ने खबर उनी आवद्ध दिल्ली डेयरडेभिल्सले सार्वजनिक गरेको छ । खेल नेपाली समयअनुसार ८ः१५ सुरु भएकाे छ ।

आज दिल्लीले बैंगलोरविरुद्ध खेल्दैछ । ११ वटा खेलमा अवसर नपाएका सन्दीपले दिल्लीको १२ औं खेलमा खेल्ने अवसर पाएका हुन् ।

आजै काठमाडौंमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दिप लामिछानेको नाम समेत लिएका थिए ।

‘नेपालमा कति चर्चा छ मलाई थाहा छैन,’ मोदीले भनेका थिए, ‘भारतमा आईपीएल म्याच भइरहेको छ र नेपाल पनि आईपीएलमा जोडिएको छ । पहिलो पटक नेपालका खेलाडी सन्दिप लामिछाने आईपीएलमा भाग लिइरहेका छन् । म आशा गर्छु कि आउने दिनेमा क्रिकेट मात्र होइन, अरु खेलले पनि जनता जनताबीचको सम्वन्ध बजबुत हुनेछ ।’

दिल्ली अझै गणितिय हिसाबले प्लेअफमा पर्नसक्ने सम्भावना जीवितै छ । दिल्लीले ११ मध्ये ३ खेल मात्र जितेको छ। प्लेअफमा पुग्न अबका खेल दिल्लीले फराकिलो अन्तरले जित्नु आवश्यक छ । दिल्लीका अब ३ खेल बाँकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *