सपनामा यी २५ चिज देख्नुभयो भने शुभ फल प्राप्त हुन्छ !

Share it with you friends

भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।


आज हामीले हिन्दू धर्मशास्त्र र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ, भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।

 

यी २५ चिज सपनामा देख्नु लाभदायक हुन्छ:

 सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ । हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त हुनसक्छ । सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ ।
 सेतो सर्पले डसेको देखेमा धनलाभ हुन्छ ।
 माछा देखेमा धेरै शुभ हुन्छ । मछुवारेकहाँ माछा देखेमा धनलाभ हुन्छ ।
 चरा उडिरहेको देखेमा धन लाभ हुन्छ ।
 हाँस देखेमा शुभ फल प्राप्त हुन्छ ।
 सिंहमा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि हुन्छ ।
 सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ ।
 घोडा देखेमा संकट नास हुन्छ । आपत्तीबाट छुटकारा मिल्छ । घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन हुन्छ ।
 मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ । सन्तान प्राप्ति हुन्छ ।
 जरायो देखेमा चिताएको पुग्छ । उत्तम फल मिल्छ ।
 बाख्रा देखेमा उच्च फल प्राप्त हुन्छ ।
 जुका वा बिच्छि देखेमा धन, पुत्र वा विजय प्राप्त हुन्छ ।
 घोडी, कुखुरी वा कर्याङकुरुङको पोथी देखेमा राम्री श्रीमती प्राप्त हुन्छ ।
 सूर्य उदाएको देखेमा धन लाभ तथा रोगबाट मुक्ति मिल्छ । सूर्य निलेको देखेमा उत्तम पुत्र प्राप्त हुन्छ ।
 घनघोर वर्षा भएको देखेमा व्यापारमा लाभ हुन्छ ।
 चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ ।
 समुद्र देखे लक्ष्मी प्राप्ति हुन्छ ।
 सेतो फूल देखे धनलाभ हुन्छ । हरियो फूल देखे जनसंपर्क बढ्छ ।
 फल देखे धनलाभ हुन्छ ।
 पान देखेमा मुद्दा मामिलामा जीत हुन्छ ।
 पहाडमा चढेको देखे सफलता तथा पहाडको टाकुरामा पुगेको देखेमा आयु वृद्धि हुन्छ ।
 सपनामा नरिवल, केरा वा निबुवा देखेमा सन्तान प्राप्ति हुन्छ ।
 तलाऊ वा पोखरी देखेमा प्रशस्त धन प्राप्ति हुन्छ । स्वच्छ पानी देखेमा मंगल तथा पानीमा पौडिएको देखेमा सुख हुन्छ ।
 कमलको फूलले भरिएको तलाउ देखेमा शुभप्रद, सन्तान प्राप्ति हुन्छ ।
 कपास अरुलाई दिएको देखेमामात्र शुभ फल प्राप्त हुन्छ ।

स्रोत: ज्योतिष पण्डित कृष्ण भण्डारी तथा ज्योतिष पण्डित खगेन्द्र सापकोटाको पुस्तक ‘राशीफल + सपनाको फल साथै विभिन्न महत्वपूर्ण जानकारी’ । यस्तै सयौं सपनाहरुको फलबारे जान्न पुस्तक किनेर अध्ययन गर्न सक्नुहुन्छ ।

  • Related Posts

    ‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

    काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय…

    करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

    सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते