समानुपातिकमा एमालेले कटायो २७ लाख मत

Share it with you friends

काठमाडौं । समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको छ । नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९० मत पाएको छ ।
नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४४३ मत पाएको छ । माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार २४५ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार २७५ मत ल्याउँदा जनता समाजवादी पार्टीले चार लाख आठ हजार ९६४ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ७६ हजार १९९ मत पाएको छ ।
प्रतिनिधिसभामा १० सिट जितेको नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९० हजार १९६ मत पाएको छ । एकीकृत समाजवादी ३ प्रतिशतको थ्रेसहोल्ड काट्ने प्रयासमा छ । पार्टीले थ्रेसहोल्ड काट्यो भने राष्ट्रिय पार्टीको मान्यतासहित केही समानुपातिक सिट पाउनेछ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३६, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४९ हजार ८३२, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ८३३, हाम्रो नेपाली पार्टीले ५४ हजार १२२, मङ्गोल नेशनल अर्गनाइजेशनले ४७ हजार ८६४ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय जनमोर्चाले ४६ हजार ९७, नेपाल सङ्घीय समाजवादी पार्टीले ४० हजार ७१, नेकपा माक्सवादी लेनिनवादीले ३० हजार, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ३८०, जनता प्रगतिशील पार्टीले १७ हजार ८७२, नेपाल आमा पार्टीले १७ हजार ७६० मत प्राप्त गरेका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ६१५, बहुजन एकता पार्टीले १६ हजार ७०२, नेपाली कांग्रेस बीपीले १२ हजार १७८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ११ हजार ९७३, नेपाली जनता दलले नौ हजार ७०४, नेपालका लागि नेपाली पार्टीले आठ हजार १५५, नेपाल कम्युनिष्ट पार्टीले सात हजार ८६५ मत ल्याएका छन् ।
नेकपा (पुष्पलाल)ले सात हजार २३३, नेपाल जनता पार्टीले सात हजार १४६, नेपाल लोकतान्त्रिक पार्टीले सात हजार १०७, मितेरी पार्टी नेपालले छ हजार ९७०, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार ३३८, जनजागरण पार्टी नेपालले छ हजार २७५ मत ल्याएका छन् । जनसमाजवादी पार्टीले पाँच हजार ७३०, नेकपा सामाजिक एकता पार्टीले पाँच हजार ६९४, पिछाडावर्ग निषाद दलित जनजाति पार्टीले चार हजार ८९०, विवेकशील साझा पार्टीले तीन हजार ९३६ मत ल्याएका छन् ।
एकीकृत शक्ति नेपालले तीन हजार ६६७, नेकपा (माओवादी समाजवादी)ले तीन हजार ६५८, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार २७२, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार २६८, मौलिक जरोकिलो पार्टीले तीन हजार १५२, तराई मधेश लोकतान्त्रिक पार्टीले तीन हजार ८८, नेपाल समावेशी पार्टीले दुई हजार ६९३, नेकपा (परिवर्तन)ले दुई हजार १९९, राष्ट्रिय नागरिक पार्टीले दुई हजार १०३ र नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ९८३ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड एक लाख ७१ हजार २७३ मतगणना भइसकेको छ । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यताप्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुने नियम छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते