सरकारभित्रै ‘जनसत्ता’ विवाद

Share it with you friends

काठमाडौँ, २ वैशाख  । माओवादीले द्वन्द्वकालीन समयमा खडा गरेको ‘जनसत्ता’ ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ। कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर विवाद चर्किएको हो। द्वन्द्वकालीन समयमा माओवादी जनसत्ताको लिखत आधारमा जग्गा किनबेच गरेका दुवै पक्षले त्यसमा दाबी गरेपछि विवाद बढेको छ। पाँच नम्बर प्रदेशको पूर्वी रुकुम र रोल्पामा जनसत्ताको विवाद उत्कर्षमा छ।  कर्णाली प्रदेशको पश्चिम रुकुम र सल्यानमा पनि यो विवाद चुलिँदो छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

जनसत्ता लिखतले निम्त्याएको यो विवाद समाधान गर्ने विषयमा कर्णाली प्रदेश र ५ नम्बर प्रदेश सरकारमा सहभागी एमाले र माओवादीबीच मत बाझिएको छ। माओवादी द्वन्द्वकालीन समयमा आफैंले सञ्चालन गरेको जनसत्ताका निर्णयलाई प्रदेश सरकारबाटै कानुन निर्माण गरेर आधिकारिकता दिने पक्षमा उभिएको छ। प्रदेश सरकारको नेतृत्व गरेको एमालेले भने जनसत्ताको लिखतलाई मान्यता दिने कानुन प्रदेश सरकारबाट निर्माण गर्न नसकिने बताइरहेको छ।

‘अब कानुनको मस्यौदा गर्ने बेलामा जनसत्ताका निर्णयलाई मान्यता दिनेसम्बन्धी व्यवस्था गरिनेछ,’ पाँच नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले भने, ‘यो विषयले प्रदेश सरकारबाट निर्मित कानुनी बाटोबाटै मान्यता पाउनेछ। जनसत्तालाई मान्यता दिनुबाहेक विकल्प छैन।’ उनले भूमि व्यवस्थासम्बन्धी ऐन निर्माणक्रममा यो विषयलाई सम्बोधन गरिने दाबी गरे। उनले जनसत्ताको विषय बृहत् शान्तिसम्झौताकै अंग भएकाले यसलाई कानुन बनाएर मान्यता दिनुपर्ने दायित्व सरकारको रहेको तर्क गरे।

मन्त्री केसीले भनेजस्तै जनसत्तालाई कानुन निर्माण गरी मान्यता दिने अवस्था आए त्यो लिखतका आधारमा जग्गा किन्ने नै मालिक बन्नेछन्। ‘यो त बृहत् शान्तिसम्झौताकै एउटा बुँदा हो नि,’ मन्त्री केसीले भने, ‘अहिले यो विषयलाई विवादित बनाउनु हुँदैन। यसलाई मान्यता दिन प्रदेश सरकारले कानुन निर्माण गर्नैपर्छ।’ उनले यो विषय सम्बोधन गर्ने कानुन निर्माणका लागि संविधान बाधक नबन्ने तर्क पनि गरे। त्यस्तै सर्वोच्च अदालतको फैसलाले पनि यो विषयलाई रोक्न नसक्ने दाबी गर्छन् उनी। ‘सर्वोच्च अदालतलाई राजनीतिक मुद्दाको फैसला गर्ने अधिकार त हैन नि,’ उनले भने, ‘यो राजनीतिक मुद्दा हो र यसलाई राजनीतिक पहलकदमीबाटै हल गर्नुपर्छ, गरिन्छ।’

तत्कालीन जनसत्ता प्रमुखको भूमिकामा रहेका पूर्णबहादुर घर्ती अहिले प्रदेश ५ को सभामुख छन्। उनले पनि जनसत्तालाई प्रदेशसभाबाट कानुन निर्माण गरेर आधिकारिकता दिलाइने यसअघि नै बताइसकेका छन्।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते