काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका शुक्रबार अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दल बनेका हुन् । यी सात दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेगरी तीन प्रतिशत थ्रेस होल्ड कटाएको उहाँको भनाइ छ।
अहिलेसम्मको नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भइसकेको छ । प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना भइरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हालसम्म आज २०७९ साल मङ्सिर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्री भइसकेको अवस्था छ। प्राप्त मतको आधारमा सात वटा राजनीतिक दलले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिन्छ ।’’
आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमान समेत गरेको छ । दलले पाएको मत संख्या अनुसार उनीहरुले बन्द सूचीमा पठाएका समानुपातिक सांसद निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलले प्राप्त गरेको संख्या पठाउने र दलले आफूले बन्द सूचीमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् । त्यसो गर्दा एक तिहाई महिलाको संख्या भने राजनीतिक दलले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता वाग्लेले बताउनुभएको छ ।

सात वटा राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply