साना किसान कृषि प्रशिक्षार्थीहरुको साधारण भेला सम्पन्न 

Share it with you friends

 

साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत इजरायलमा कृषि तालिम लिएका विद्यार्थीहरुको साधारण भेला सम्पन्न भएको छ । भेलामा १० महिना लामो कृषि तालिम लिएर फर्किएका प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द« घिमिरे, नेपालका लागी इजरायली राजदुत खनान गोडर, साना किसान विकास लघुबित्त वित्तिय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द« घिमिरेले साना किसानका प्रशिक्षार्थिहरुले नेपालको कृषि क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै कृषि कर्म गर्दा कुनै अप्ठ्यारो आईपरेमा आफूहरु सहजीकरणका लागी तयार रहनुभएको बताउनुभयो ।

त्यसैगरी नेपालका लागी इजरायली राजदुत खनान गोडरले कृषि रहर नभई व्यावसाय हुनुपर्नेमा जोड दिदै कृषि प्रशिक्षार्थी हरुको कामबाट आफू उत्साहित भएको बताउनुभयो ।

त्यस्तै साना किसान विकाश लघुबित्त वित्तिय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराइले सानाकिसानका विद्यार्थीहरु थप व्यावसायी बन्दै नेपालको ग्रामिण अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलाले धादिङका देवराज आचार्यको संयोजकत्वमा १३ सदस्यीय सानाकिसान भुतपुर्व विद्यार्थीहरुको राष्ट्रिय तदर्थ समिती बनाउने निर्णय गरेको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते