साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम उद्घाटन

Share it with you friends

 

५ कार्तिक २०७६ थाक्रे –   गैर सरकारी सँस्था साल्भेसन मिसन नेपालको साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम उद्घाटन गरिएको छ । भुकप्प अति प्रभावित समुदायका मानिसहरुलाई सिपमूलक तालिम दिएर जीवनस्तर बृद्धि र दिगो बिकास गर्ने उदेश्यका साथ धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ सनसाईन ईन होटलमा एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा धादिङ थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य रहनुभएको थियो भने बिषेश अतिथीमा उपाध्यक्ष अम्बिका रुपाखेति आउनुभएको थियो । समुदायमा रहेका अति भुकम्प पिडित, गरिव, दैनिक जिवनयापन गर्न नसक्ने ब्यक्तिहरुको लागी जिवन उपयोगी सिप प्रदान गर्ने उदेश्यले उद्घाटन गरिएको यस सँस्थाले सिलाई, कुखुरा पालन, ड्राईभिङ लगायत बिभिन्न सिप प्रदान गर्ने यस साल्भेसन सँस्थाका कार्यकारी निर्देशक हरिराम सुनुवारले बताउनुभयो । २०७२ साल बैशाख १२ गते गएको भुकम्पबाट बिस्थापित भएका बिभिन्न जिल्लाका नागरिकहरुलाई सहायता स्वरुप राहात प्रदान गरेको थियो । धादिङको थाक्रे गाउँपालिकाका बिभिन्न वडा तथा अन्य स्थानमा पनि राहात प्रदान गरिएको साल्भेसन मिसन सँस्थाका कोषाध्यक्ष निसान ल्लो ले जानकारी दिनुभयो । यस साल्भेसन मिसन नेपालले धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६,७,८,९ र १० मा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ । कार्यक्रममा बिषेश अतिथीका रुपमा आउनुभएका थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतिले समुदायका नागरिकहरुलाई सिप प्रदान गर्ने उदेश्यले आएको सँस्थालाई सहयोग गर्ने बताउनुभयो । सँस्थाले दिएको सिपले गरिव तथा अति भुकम्प पिडितहरुको जिवनस्तर माथी उकासिने बताउनुभयो । प्रमुख अतिथीका रुपमा आउनुभएका थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले खुल्ला सहयोगी भावनाले आउने सँस्थाहरुलाई स्वागत रहेको बताउँदै कुनै पनि धर्ममा केन्द्रित हुन नहुने बताउनुभयो । यस साल्भेसन मिसन नेपालले धादिङ लगायत अन्य भुकम्प प्रभाबित जिल्लाहरुमा पनि काम गर्दै आएको छ ।

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६,७,८,९ र १० मा काम गर्दै आएको छ । साल्भेसन मिसन सँस्थाले साबिकको थाक्रे र केवलपुरका समुदायहरुको जिवनस्तर उकास्ने हेतुले काम गरिरहेको छ । यस सँस्थाका अन्य उदेश्यहरुमा जिविकोपार्जन प्रणाली सुदृढ गर्दै रोजगारीको राम्रो अबसरको सिर्जना गर्ने र स्वास्थ्य तथा सरसफाईको स्थितीमा सुधार गर्ने, प्रकोप जोखिम न्युनिकरण क्षमतामा सुधार तथा बृद्धि गर्ने लगायतका रहेका छन् । साल्भेसन मिसन सँस्थाले परियोजना कार्यान्वयनको दौरानमा अति कमजोर तथा बिपन्न घरपरिवारहरुलाई पहिचान गरि प्राथमिकताका साथ लक्षित समुदायको लागी चयन गरिने जनाएको छ । साल्भेसन मिसनले दिएको तालिमबाट जिविकोपार्जन र सिपमूलक तालिमबाट आम्दानी बृद्धि, पशुपालन तालिमबाट घरपरिवारमा आर्थिक बृद्धि साथै परम्परागत पेशाको अन्य हुने,सरसफाई एवम् तालिमबाट वातावरण जोगाउने प्रयासमा सmलता हुने लगायतका अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते