सितापाइला-धार्के सडकलाई ५० करोड, लामिडाँडामा बन्ने भयो शहर

Share it with you friends

काठमाडौं । उपत्यकाको जनघनत्वलाई व्यवस्थापन गर्न नजिकैका डाँडापाखामा शहरी पूर्वाधार र वैकल्पिक राजमार्ग निर्माण निर्माण गर्ने सरकारको योजनाले मुर्त रुप पाउने भएको छ ।

गत वर्षदेखी राष्ट्रिय राजमार्ग NH21 मा स्तरोन्नती भएको सितापाइला–धार्के सडक निर्माणका निम्ति धादिङ र काठमाडौं खण्डमा छुट्टा छुट्टै ठेक्का लगाउने गरी रु ५० करोड २० लाख को श्रोत सुनिश्चितता भएको हो ।

सो सडकको धादिङ तर्फ रु १५ करोड बजेट विनियोजन भई ३ कि.मि. कालोपत्रे सडक ठेक्का लगाउने अन्तिम तयारीमा पुगेको छ । सोही सडकको काठमाडौं तर्फ ठुलोखोला कोबाहिटी सितापाइला खण्ड निर्माण सम्पन्न गर्नको लागि आवश्यक रकम रु ३५ करोड २० लाखको थप श्रोत सुनिश्चितता भई अर्थ मन्त्रालयबाट खरिद प्रकृया अगाडी बढाउन सहमती प्राप्त भएको धादिङ क्षेत्र नं. १ का तत्कालिन सांसद भुमि त्रिपाठीले जानकारी दिनुभयो ।

धादिङ र काठमाडौंमा गरी जम्मा बजेट रु ५० करोड २० लाख पुगेको हो । २०४४ सालदेखि ट्रयाक खुलेको सडक हालसम्म उही अवस्थामा थियो । अव धादिङका जनताले काठमाडौंको यात्रा गर्दा सहजता पाउने निवर्तमान सांसद त्रिपाठीले बताउनुभयो ।

धुनिबेशी नगरपालिका, थाक्रे र गल्छी गाउँपालिका (लामिडाँडा)लाई समेटेर शहरी पूर्वाधार निर्माणको लागि पनि शहरी विकास मन्त्रालयले प्रकृया अगाडी बढाएको छ । मन्त्रालयले डिपिआर तयार गर्न रु २० लाख बजेट विनियोजन गरी खरिद प्रकृया समेत अगाडी बढाएको जानकारी दिएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते