सिद्धलेकका ६ सय ४९ घर परिवारलाई खाद्यान्न सहयोग

Share it with you friends

धादिङ, ७ जेठ – धादिङको सिद्धलेक गाँउपालिकाले एकद्धार प्रणाली मार्फत पालिका भित्रका गरिब तथा अति विपन्न ६ सय ४९ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

गाउँपालिकाको सिफारिसमा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था क्रिस्चियन एडले आफ्नो साझेदार संस्था फोकस नेपाल धादिङ मार्फत जनप्रतिनिधिहरुको प्रत्यक्ष रोहबरमा गरिब र विपन्नहरुका लागी खाद्यान्न सहयोग गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण फैलन नदिन रोकथामको लागी नेपाल सरकारले जारी राखेको लकडाउनका कारण खाद्यान्न संकटमा परेका दैनिक ज्यालादारी मजदुर,असहाय, गरिब तथा अति विपन्नहरुका लागी गाँउपालिकाको सिफारिसमा आकस्मिक सहयोग स्वरुप खाद्यान्न बितरण गरिएको फोकस नेपालले जनाएको छ ।

सम्वन्धित वडा कार्यालयबाट आएको सिफारिसका आधारमा अहिले सम्म वडा नम्बर १ मा १०९, २ मा १४२, ३ मा ७३, ४ मा ७८, ५ मा ७४ , ६ मा ६४ र ७ मा १०९ समेत गरि कुल ६ सय ९४ घर परिवारलाई प्रति घर ३० केजी चामल,२ केजी नुन,३ केजी दाल, २ लिटर तेल, ५ वटा साबुन र पन्जा वितरण गरिएको फोकस नेपालका कार्यक्रम संयोजक जिवन सिलवालले जानकारी दिनु भयो ।
कार्यक्रम संयोजक सिलवालका अनुसार संस्थाले समुदायका साथै गाउँपालिकाको लागि ६५ थान एन नाईन्टि फाईभ मास्क, ३० थान पिपिई,१३ थान थर्मलगन, १०० सेट पन्जा र मास्क उपलव्ध गराएको छ ।

यसै गरि पालिका भित्रका १ सय घर सुत्केरी तथा गर्भवतीहरुका पोषणयुक्त सामाग्री अन्र्तगत १ बोतल हर्लिक्स,केराउ, चना, भट्मास,रहर र मुसुरोको दाल दिने तयारी भईरहेको पनि सिलवालले जानकारी दिनु भयो ।

सहयोग सामाग्री बितरण बितरण कार्यमा गाउँपालिकाका अध्यक्ष पे्रमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्माका साथै सम्वन्धित वडाका अध्यक्षहरु, वडाका सदस्यहरु फोकस नेपालका प्रतिनिधि, क्रिश्चियन एडका प्रतिनिधिहरुको उपस्थिति रहने गरेको सिलवालले वताउनु भयो ।

गाउँपालिकाको ८ वटै वडामा सम्वन्धित वडाको सिफारिसका आधारमा संस्थाले सहयोग सामाग्री बितरण गरेको हो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते