सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस भोटसिपा तिखु मोडमा दुर्घटना, ८ जनाको मृत्यु
२४ असोज २०७६, शुक्रबार ।
सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । खचाखच यात्रु बोकेर बिहान ८ः३० बजे सिपाटारबाट छुटेको बस करिब ९ः३० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा दुर्घटना भएको हो ।
बस सडकबाट २०० मिटर तल खसेको र बसले नै यात्रुहरुको किचेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । । दुर्घटनामा ६० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी धुलिखेल अस्पताल पुर्याइएको छ ।

घाईतेहरुको उद्धारका लागी अहिले हेलिकप्टरको पनि परिचालन गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
