सिरियामाथि अमेरिकाको आक्रमण, आवश्यक परे फेरि आक्रमण गर्ने चेतावनी

Share it with you friends

काठमाडौँ,२ वैशाख । अमेरिकाले आवश्यक परेमा सिरिया विरुद्ध फेरि आक्रमण गर्ने जनाएको छ । अमेरिकाले रासायनिक हतियारको प्रयोग निस्तेज पार्न फेरि पनि आवश्यक्ता परे आक्रमण गर्ने जनाएको हो । संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निक्की हेलीले सिरिया सरकारलाई कुनै पनि हातलमा रासायनिक हतियार प्रयोग गर्न नदिने अमेरिकाको नीति भएकाले फेरि आक्रमण गर्न सक्ने बताउनुभयो ।

सिरियाका राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्स झुठा र आडम्बर भएका बताउनु भएको छ । उहाँले प्रश्न गर्दै भन्नुभयो ः ‘के सिरियामाथि हमला गर्न तपाईहरुको सरकारले अन्तराष्ट्रिय समुदायबाट जनादेश हासिल गरेको थियो ।

मेरा साथीहरु (अमेरिका, बेलायत र फ्रान्स)ले सिरियाको रासायनिक हतियार बनाउने क्षेत्रमा आक्रमण गरेको दाबी गरेका छन् तर यसको हो भने, उनीहरुलाई सबै कुरा थाहा थियो भने, रासायनिक हतियारको केन्द्र बनाएको बेलामा उनीहरुले किन अर्गनाइजेशन फर प्रोहिबिशन अफ केमिकल विपेन्सलाई जानकारी गराएनन ।

यस्तै रुसले पनि सिरिया विरुद्ध भएको आक्रमणको विरोध गरेको छ । रुसले अन्तराष्ट्रिय कानुनको उल्लंघन गर्दै सिरिया विरुद्ध गुण्डागर्दी शैलीमा हमला भएको दाबी गरेको छ ।

सिरियामाथि अमेरिका बेलायत र फ्रान्सले मिसाइल आक्रमण विरुद्ध राष्ट्र संघको सुरक्षा परिषद्मा समर्थन जुटाउन रुस असफल भएको छ । अमेरिकाले सिरियामा सैन्य आक्रमण गरे पछि राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बसेको हो । सिरियामा सैन्य आक्रमण गर्न अमेरिकालाई बेलायत र फ्रान्सले पनि साथ दिएका थिए ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते