सिरियामा विषाक्त ग्यास आक्रमण १५० जनाको मृत्यु भएको आशंका
सिरियामा विषाक्त ग्यास आक्रमण भएको छ ।
आक्रमणमा परी ७० जनाको मृत्यु भइसकेको छ । सिरियाको डोमा शहरमा विषाक्त ग्यास आक्रमण भएको हो । अमेरिकी विदेश विभागले विषाक्त ग्यास आक्रमणमा मृत्यु हुनेको संख्या यो भन्दा धेरै रहेको दाबी गरेको छ ।
डोमा, पर्वी गुटामा विद्रोहीको कब्जामा रहेको अन्तिम शहर हो । यो आक्रमणमा १ सय ५० जनाको ज्यान गएको आशंका त्यहाँ रहेको एक संस्थाले गरेको छ । तर सिरिया सरकारले रासायनिक आक्रमण भएको भन्ने खबर झुठो खबर भएको बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयले रुसले सिरिया सरकारलाई रुसले सहयोग गरिरहेको र सिरियामा रासायनिक आक्रमण हुनुमा उसलाई नै दोष्ी ठहर गर्नु पर्ने जनाएको छ ।
गुटाका विपक्षी समर्थकले रासायनिक आक्रमणमा एक हजार भन्दा धेरै मानिस प्रभवित भएको बताएको छ । त्यहाँ हेलिकोप्टरबाट रासायनिक हतियार प्रहार गरेको खबरमा जनाइएको छ ।
