सीता एयरको जहाज बुधबार दुर्घटना हुनबाट जोगियो
१८ भदौ २०७६, बुधबार
सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ। लुक्लाबाट काठमाडौंका लागि उडेको ९ एन–एजेएच कलसाइनको जहाज बुधबार दिउँसो दुर्घटनाबाट जोगिएको हो। लुक्लाबाट उडेको २ मिनेटमै जहाजको एउटा इन्जिनमा समस्या आएपछि क्याप्टेनले टावरलाई खबर गरेका थिए ।
सीता एयरका महाप्रबन्धक घनश्याम आचार्यका अनुसार १८ सिट क्षमताको जहाजमा पाइलट बाहेक यात्रु सवार थिएनन् । पाइलटको सावधानीले जहान काठमाडौंस्थित त्रिवि विमानस्थलमा सुकुशल अवतरण भएको हो ।
