सेन्चुरी बैक धार्के शाखा द्वारा महाङकालेश्वरी मा. वि. का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
२० भदौ २०७६, धार्के ,
भगवान भण्डारी ।
धादिङको धुनिवेशी–६ धार्केमा रहेको सेन्चुरी बैक धार्के शाखा द्वारा थाक्रे गाउपालिका वडा नं ८ फोगटपुरमा रहेको महाङकालेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सेन्चुरी कर्मसियल बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ ।

महाङकालेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्व आचार्य र सेन्चुरी बैंकका शाखा प्रमुख निरञ्जन अधिकारीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

महाङकालेश्वरी माध्यामिक विद्यालयमा अध्यनरत् कक्षा १ देखि १० सम्मका गरीव, जेहेन्दार र चेपाङ जातीका गरी ६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामागी्र वितरण गरिएको हो । विद्यार्थीहरुलाई शिक्षामा अझै जागरुक बनाउँन र शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ आज एक कार्यक्रमका बिच प्रति विद्यार्थी रु. ३०० को शैक्षिक सामागी्र वितरण गरिएको हो । कार्यक्रममा शिक्षक, विद्यार्थी, बैंकका कर्मचारीहरु लगाएत स्थानीयबासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

