सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

Share it with you friends

दमासकस, १९ वैशाख । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।

हासाकाहमै शनिबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो । सो कुराको जानकारी यहाँको सरकारी समाचार समिति सानाले दिएको छ ।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाली अरब रेड क्रिसेन्टकी हासाकाहस्थित प्रतिनिधिलाई उद्धृत गर्दै सानाले हासाकाहको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको थियो ।

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ ।

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो । अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाले यहाँ कारबाही गर्ने गरेका छन् ।

अमेरिकी नेतृत्वमा पछिल्लो समयमा पनि केही युरोपेली देशहरुसमेतले संयुक्त कारबाही गरेका थिए । सो कारबाहीपछि ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिएको बताइएको छ ।

अमेरिकाले सिरियामा रासायनिक हतियारको प्रयोग भएको पाइएमा कुनै पनि बेला फेरी हमला गरिने स्पष्ट पारेको छ ।

यस अघि शनिबार सिरियाको ससस्त्र आर्मीले एक व्यक्तव्य मार्फत अमेरिकाले हानेका मिसाइलहरु धेरैजसो असफल बनाइएको र केहि मात्र सफल भएको उल्लेख गरिएको थियो ।

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी तीन लाख भन्दा बढी मानिसको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् । रासस/सिन्हा

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते