सैन्य विमान दुर्घटनाग्रस्त : मृतकको संख्या दुई सय पुग्नसक्ने
एजेन्सी, २८ चैत । अल्जेरियाको एउटा सैन्य विमान राजधानी अलगायर नजिक दुर्घटनाग्रस्त हुँदा धेरै मानिसहरु मारिएको स्थानीय मिडियाले प्रत्यक्षदर्शीलाई उदृत गर्दै बताएको छ ।
सयजना मानिसहरु मारिएको हुनसक्ने र मृत्युको संख्या दुई सय कट्नसक्ने स्थानीय स्रोतले बताएको छ ।
टेलिभिजनका समाचार रिपोर्टहरुले घटनास्थलमा १४ वटा एम्बुलेन्सहरु देखिएको र घाइतेहरुलाई अस्पताल लगिएको देखिएको जनाएको छ ।
उक्त घटना राजधानी अलगायर नजिकको सैन्य हवाई अड्डामा बुधबार बिहान भएको हो ।
