स्पोर्टस् अवार्ड मनोनयनमा तीन खेलाडी छनोट

Share it with you friends

भीमदत्तनगर, २ जेठ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा प्रदेश नं ७ सुदूरपश्चिमबाट एक प्रशिक्षकसहित तीन खेलाडी मनोनयनमा परेका छन् ।

यही साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेटका प्रशिक्षक जगत टमाटाँंगै ब्याडमिन्टनका दीपेश धामी, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन् ।

नेपाललाई ऐतिहासिक वान डे इन्टरनेशनल मान्यता दिलाउने क्रिकेट प्रशिक्षक टमाटा यहाँको पहाडी जिल्ला अछामका बासिन्दा हुन् । उनको बसोबास पछिल्लो समय कैलालीको टीकापुरमा छ । उनको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले आइएसिसी विश्वकपलगायत थुप्रै अन्तर्राष्ट्रिय खेलमा विजयी हुन सफल भएको खेलकूद इतिहास छ । त्यसैगरी वर्षको उत्कृष्ट पुरुष खेलाडीमा ब्याडमिन्टनका धामी मनोनयनमा परेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुर घर भएका उनले हाल सशस्त्र प्रहरी बल (एफिएफ क्लब) मा आबद्ध भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिँदै आएका छन् ।

योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा शोभा गौचनसँगै मिक्स डबल्सको उपाधि विजेता, सोही प्रतियोगितामा मेन्स सिङ्गल्समा क्वाटरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी धामी घरेलु प्रतियोगितामा समेत स्वर्णधारी खेलाडी हुन् ।

उनका बुबा हरेकसिंहसमेत भलिबलका खेलाडीका रुपमा परिचित छन् । राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य हरेकसिंह हाल भीमदत्तनगरपालिका–६ को वडाध्यक्षसमेत हुन् । उनले छोरा धामीलाई खेलजगत्मा स्थापित गराउन मुख्य भूमिका निर्वाह गर्दैछन् ।

त्यसैगरी भीमदत्तनगरपालिका–१८ कटानका क्रिकेट खेलाडी ऐरी वर्षको युवा खेलाडीको मनोनयमा छन् । नेपाली टिम एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पहिलो पल्ट पुग्दाका ऐरी कप्तानको भूमिका थिए । विभिन्न अन्तर्राष्ट्रियस्तरका खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी ऐरीले हाल नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेललाई निरन्तरता दिँदै आएका छन् ।

त्यसैगरी सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा जन्मिएकी बक्सिङ खेलाडी रावल पनि युवा खेलाडीमा मनोनयनमा परेकी छन् ।

विनाप्रशिक्षक बक्सिङ सिकेकी रावल छोटो समयमा खेककूद जगत्मा नाम परिचित गराउन सकेकी खेलाडी हुन् ।

केही समयअघि इण्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कास्य पदक जितेर चर्चामा आएकी रावल हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् ।

‘पुनमसँगै विमला श्रेष्ठ र प्रशिक्षकमा प्रकाश थापामगर समेत अवार्ड मनोनयनमा पर्नुभएको छ ।’ बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले भने,’यो बक्सिङका लागि सुखद् कुरो हो ।’

नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गर्ने सम्मानका आठ विधामध्ये पाँच विधाको मनोनयन हुने परम्परा छ । तीमध्ये पिपुल्स च्वाइस अवार्ड यसअघि नै सार्वजनिक भइसकेको छ ।

सुदूरपश्चिम खेलकूदका लागि उर्वरभूमि रहेको बताउँदै बक्सिङ प्रशिक्षक समेत रहेका भट्टले भने, ‘सुदूरपश्चिम हरेक खेल गतिविधिमा अगाडि नै छ ।’ खेलाडी/प्रशिक्षक मनोनयनले खेलाडीमा थप हौसला मिलेको उनको भनाइ छ । ‘यस प्रकारका अवार्डले खेलाडीलाई प्रदर्शनमा थप हौसला मिल्छ,’ उनले भने ।

मनोनयनमा परेका ब्याडमिन्टन खेलाडी धामीले पहिलो पटक मनोनयनमा परेको भन्दै खुशी व्यक्त गरे । ‘मनोनयन र सम्मानले खेलाडीलाई खेल प्रदर्शनमा थप हौसला पुग्नुका साथै बल पुग्छ,’ धामीले भने, ‘यो खेलाडीका अत्यन्तै सुखद पक्ष हो ।’

त्यसैगरी कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले एउटै प्रदेशबाट तीन खेलाडी पर्नु यहाँका लागि सफल पक्ष भएको बताए । ‘मनोनयनले अरु खेलाडीमा पनि मेहनत गर्ने हौसला मिल्छ ।’ मुख्य प्रशिक्षक भाटले भने, ‘सुदूरपश्चिममा पनि प्रतिभावान् धेरै खेलाडी जन्मिसकेका छन् ।’

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते