हतियार बुझाउन सर्वसाधारणलाई अपिल

Share it with you friends

धादिङ, । जिल्ला प्रशासन कार्यालय धादिङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार एक सुचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि हातहतियार बुझाउन अनुरोध गरेको हो । प्रशासनले जारी गरेको सुचनामा यहि कात्तिक ५ गते भित्र आफूसँग भएको हातहतियार बुझाउन आग्रह गरेको छ ।
जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचन सम्पन्न भएको १ हप्ता पश्चात् फिर्ता हुने गरी ५ कार्तिक २०७९ भित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन हतियारधनीहरूलाई सुचना मार्फत अनुरोध गरिएको छ । तोकिएको समयभित्र हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सुचना मार्फत चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *