हेमन्त र रितु २५ वर्षदेखि सँगै मुस्कुराउँदै

Share it with you friends

काठमाडौं, ८ वैशाख ।  चटक्क परेर हिड्नु र मुसुक्क हास्ँनु उहाँको विशेषता । दौरासुरुवाल, कोट र टोपी लगाएर ठाँटिएर हिँडेको खासै ख्याल छैन । तर सम्बन्ध भने यी औपाचारिक पोशाकलाई भन्दा नी निकै सम्हालेर राख्न जान्नु भएको छ । र त २५ वर्षसम्म सम्बन्ध उसै गरी हाँसेको छ, फूल झैँ फक्रिएको छ ।
आज पनि मायालुको माया उस्तै छ । नाम, दाम र कामले कहिल्यै पनि सम्बन्धलाई घचेट्न सकेन । फर्केर हेर्दा– कुनै गुनासो थिएन । एउटा उदेश्य थियो, एउटा योजना थियो । साथमा उनी थिइन । उनको साथ र सहयोगले अहिले टाउको ढाक्ने छत छ, आङ ढाक्न छन् प्रशस्त लुगा ।
गायक हेमन्त शर्माको कुरा गर्दैछौ । सम्बन्धलाई न्यानोपनामा संगालेर राख्न सिपालु उहाँ कुनै राप र तापमा परिएला कि भनेर पिरल्लिनु हुन्न । किनकी उहाँलाई थाहा छ, रितुको साथ छउन्जेल उहाँलाई प्रि मनसुनको चट्याङले पनि तर्साउन सक्दैन ।
सम्बन्ध चट्याङ पर्ने बेलामा नै गाँसिएको । तर २५ वर्षसम्म पनि माया र स्नेहको न्यानोपनालाई हुण्डरीले हल्लाउन समेत सकेको छैन ।
‘मलाई कुनै गुनासो छैन अहिले पनि, थिएन पहिले पनि । किनकी म जे थियो त्यसैमा रमाउँथे । कुनै सपना बोकेर राजधानी शहर काठमाडौँ पस्दा पनि म उतिकै खुशी थिए, जति आज छु । त्यहि खुशीकै कारण आज म सँग आफ्नै घर छ । हिडँडुल गर्न गाडी छ ।
जबसम्म मानिस आफूमा ईमान्दार रहन्छ, तब सम्म उसले कुनै दुखेसो र गुनासो गर्नै पर्दैन ।’


संसारमा अपवाद बाहेक सबैले संघर्ष पछि मात्रै सफलता पाउँछन् । शर्मा सँधै संघर्षमा विश्वास गर्नुहुन्थ्यो । आफैँले आँफैले विश्वास गर्नुभयो । ती दिनका संर्घष त्यति सहज थिएन । सामान्य एक मानिसले जसरी उचाईं छुन दुख गर्दछ, उतिकै स्थापित भइसकेकासँग पापड पनि बेल्नु पर्दछ ।
‘पापड बेलेको सम्झना म सँग पनि छ, तर म त्यो क्षणलाई मिठो पलको रुपमा लिन्छु । किनकी म आशावादी र सकारात्मक सोच राख्दछु । उहाँहरुले मलाई सजिलै काम दिनु भएको भए सायद म आजको यो हेमन्त हुने थिइन होला ।’ उहाँले भन्नुभयो ।
एक सय भन्दा बढी गीत रकेर्ड गराइसक्नु भएका शर्माले विगतमा गरेको मिहेनतकै कारण अहिले सम्म पछाडि फर्केर हेर्नु परेको छैन । स– साना केटाकेटीदेखि लिएर बुढाबुढीमाझ उहाँ लोकप्रिय हुनुहुन्छ ।

जाले रुमाल गाउने गायक भन्दै नाम थाहा नभएका बुढापाका पनि उहाँको गीतमा मस्त नाँच्छन् । यहि कारण अहिले मन र मस्तिष्क चंगा बनेको छ । अनि त्यो चंगामा धागो बेर्न उहाँलाई भ्याइ नभ्याई छ ।


काठमाडौंको बसुन्धारामा घर छ । तर यो घरमा हल्ला भन्दा धेरै सल्लाह हुन्छ । विगतको दुख र अभावको काँडालाई पन्छाउन वनसंगिनीले पनि उतिकै हतियार चलाउँछिन ।

श्रीमतीको केही साथमा एक्लोपना नआहोस् भन्न शर्माले सकेसम्म र मिलेसम्म सँगै लैजाने प्रयास गर्नुहुन्छ । तर नमिलेका ठाउँमा श्रीमती एक्लैलाई काठमाडौं छोड्नु हुन्न । बुटवल घर लगेर छोड्नु हुन्छ, अनि फर्कदा सँगै काठमाण्डू ल्याउनुहुन्छ । श्रीमतीले बाहिर जाँदा उहाँलाई पोशाक छान्न सहयोग गर्छिन ।

यो सहयोगलाई सझै सुमधुर बनाउन साडी लगाउँदा उहाँ पनि श्रीमतिलाई सहयोग गर्नुहुन्छ । यस्तै, श्रीमतीप्रतिको इमान्दार र मायाका कारण शर्माको मोबाइल पनि श्रीमतीका लागि खुला हुन्छ । कुनै छेकबार नभएकाले पनि सम्बन्ध सुमधुर बन्दै गएको छ ।

स्नेह र माया अनि पारदर्शीताकै डोरीले बाधिएको यो जोडी कलाकारमाँझ उदाहरणिय छ । २५ औँ वैवाहिक उत्सव मनाइरहेका हेमन्त र रितुको जीवन यात्रा सदैव यस्तै रहोस् । सबैलाई स्नेह र ममता बाँड्ने शर्माले सँधै यस्तै प्रेम पाइरहुन हाम्रो पनि धेरै शुभकामना अनि बधाई ।

  • Related Posts

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते