होटल भत्कदाँ दशको मृत्यु
एजेन्सी, १८ चैत । भारतको इन्दोर शहरमा एउटा होटल भत्कदाँ दशजना मानिसहरुको मृत्यु हुनुका साथै अन्य सातजना घाइते भएका छन् ।
शनिवार भएको उक्त दुर्घटनामा दुई दर्जनभन्दा धेरै मानिसहरु भत्केको भवनभित्र फँसेको हुनसक्ने आशंका गरिएको छ । बारुदनियन्त्रकहरु दुर्घटनाबाट बाँचेकाहरुको खोजीमा लागिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
चार तल्लाको उक्त होटल भवन बस स्टेशन नजिक थियो । प्रत्यक्षदर्शीहरुले होटल भत्कनुभन्दा अघि एउटा गाडी भवनसँग ठोक्किएको बताएका छन् । यद्यपी दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भैरहेको छ ।
