३ नम्बर प्रदेशको राजधानी नुवाकोट !
हेटौंडा । प्रदेश ३ को राजधानी काभ्रेलाई बनाउनुपर्ने प्रस्ताव दर्ताभएसँगै नुवाकोटका सांसदहरुले आज प्रदेश राजधानी नुवाकोटलाई बनाउनुपर्ने मागसहित प्रस्ताव दर्ता गराएका छन् ।
बिहीबार नुवाकोटका एमाले माओवादी केन्द्रका सांसदले ३ नम्बर प्रदेशको राजधानी नुवाकोटलाई बनाउनुपर्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।
सांसदहरु बद्री मैनाली, हिरानाथ खतिवडा, आशामाया तामाङ र रसुवाकी सांसद शान्ति थिङको समर्थनमा नुवाकोटलाई राजधानी बनाउनुपर्ने प्रस्ताव गराइएको छ ।
नुवाकोट ऐतिहासिक, भौतिक हिसाबले उपयुक्त भएको प्रस्तावकहरुको दावी छ ।
