बाटोमा फोहोर फाल्नेलाई गिरफ्तार गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए ।
आम जनताले पनि फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी रहेको बताउँदै उनले भने,- ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ ।’