धर्मिक हिंसा भड्काउन स्वामी श्रीनिवास आचार्यले आफैंलाई गोली हान्न लगाए

Share it with you friends

काठमाडौं, २४ वैशाख । धर्मिक हिंसा भड्काउन आफैँले आफैंलाई गोली आन्न लगाएको खुलेको छ ।

प्रहरीको अनुसन्धानमा उनले आफैँले गोली हान्न लगाएको खुलेको हो । हिन्दू धर्म कायम गर्न र धर्मगुरुहरूलाई उक्साई मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले आफैँलाई गोली हान्न लगाएका प्रहरीले जनाएको छ ।

अभियुक्त स्वामी श्रीनिवास आचार्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

wd{ u’? :jfdL >Llgjf; cfrfo{nfO{ uf]nL xfGg] :jfdLsf c+u/Ifs dfwj rf}w/L / nIdL/fh clwsf/LnfO{ kqmfp u/L lhNnf k|x/L sfof{no df]/ªdf cfh ;fj{hlgs ub}{ . c+u/Ifs åon] cfrfo{ :jo+sf] lgb]{zgdf wd{ u’? cfrfo{nfO{ uf]nL k|xf/ u/]sf] lyof] . t:jL/M dgf]h bfxfn, /f;; lj/f6gu/

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा गत चैत २५ गते विराटनगर–१४ जतुवामा श्रीमद्भागत सप्ताह पुराणका लागि आएका सुनसरी वहार नगरपालिका–६, चक्रघट्टी लक्ष्मी बैङ्कटेशन आश्रम बस्दै आएका आचार्यलाई आफ्ना अंगरक्षक रुपमा राखेका भरतपुर महानगरपालिका–४ का माधव चौधरीमार्फत गोली हान्न लगाएको आरोप छ ।

अभियुक्त चौधरी र अधिकारीले स्वामीको आदेशअनुसार हातमा गोली हान्नुपर्नेमा कुममा लागेको पत्रकार सम्मेलनमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *