धार्केमा रक्तदान कार्यक्रम सम्पन्न ।
धार्के धादिङ मंसीर १ । धादिङको धुनिबेशी नगरपालिका ६ धार्केमा भएको रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । रक्तदान जिवनदान भन्ने नारा सहित नेपाल रेडक्रस सोसाईटी सहयोग समिती धुनिबेशी नगरपालिकाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७७ जना ब्यक्तिहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी सहयोग समिती धुनिबेशी नगरपालिकाका सँयोजक रामबाबु रेग्मीले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति सिताराम कोईराला र धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको पनि उपस्थिति रहेको थियो ।धुनिबेशी नगरपालिका सहित धादिङ र अन्य जिल्लाका ब्यक्तिहरुले पनि रक्तदान गरेका छन् । रक्तदानको लागि नेपाल रेडक्रस सोसाईटी धादिङका पदाधिकारी तथा स्वयमसेवक र शिवदर्शन अस्पताल धार्केका चिकित्सकले सहयोग गरेका थिए ।