भद्रगोलबाट बाहिरिएको पुरानै टिमले नयाँ सिरियल ल्याउँदै

Share it with you friends

२३, भदौ २०७६, सोमबार ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो असोज २ गतेबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन । भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेका हुन् ।

उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसन मार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ । घिमिरेले एक दुई दिनमा पत्रकार सम्मेलन गरेर नाम सार्वजनिक गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *