धादिङको थाक्रे गाउपालिका ६ महादेबेसिमा अभिमुखिकण कार्यक्रम सम्पन्न।

राजाराम डंगोल ,थाक्रे २०७६ -८- १४ धादिङको थाक्रे गाउपालिका ६ महादेबेसिमा अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका सरकार वालाहरुलाइ स्वास्थ बिमा सम्बन्धी जानकारी होस भन्ने उदेश्य ले स्वास्थ सम्बन्धी अभिमुखिकण कार्यक्रम रखिएको हो । थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य को सभा अध्यक्षता मा सम्पन्न कार्यक्रम मा विशेष अतिथिमा जिल्ला स्वास्थ कार्यलय धादिङ का प्रमुख भुबन पौडेल रहनु भएको थियो भनेअतिथी हरुमा थाक्रे गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत सेस्कानता पौडेल , नेपाल सरकार स्वस्थ बिमा बोर्ड टेकु काठमाडौ का भगवान रेग्मी लगाएतको आथित्यता रहेको थियो। थाक्रे गाउपालिका भित्र रहेका स्वास्थ चौकीका प्रमुख वडाका वडा अध्यक्ष हरु लगायत को सहभागिता रहेको अभिमुखिकण कार्यक्रम मा नेपाल सरकार स्वास्थ बिमा बोर्ड टेकु काठमाडौका भगवान रेग्मीले स्वास्थ बिमा बारे जानकारी गराउनु भएको थियो।
नेपाल को संविधान (२०७२) धारा ३५ मा आधारभुत स्वास्थ सेवालाई नेपाली नागरिक को मौलिक हकका रुपमा स्थापित गरिएको छ। नेपालमा ३९जिल्ला मा स्वास्थ बिमा कार्यक्रम विस्तार भैसकेको र वाकी २८ जिल्ला मध्ये धादिङ्ग जिल्लामा पनि स्थानीय जनप्रतिनिधि सरकारकारवाला तथा स्वास्थ कर्मीहरुको अभिमुखिकण कार्यक्रम को चरण मा रहेको छ र छिट्टै नै स्वास्थ बिमा कार्यक्रम प्रतेक वडामा वडा स्थरिय दर्ता सहयोगीहरु छनोट गरिने छ छनोट पछि उनिहरुलाइ तालिम दिएर धादिङ जिल्लामा पनि औपचारिक रुपमा स्वास्थ बिमा कार्यक्रम लागू गरिने नेपाल सरकार स्वस्थ बिमा बोर्ड टेकु काठमाडौ का भगवान रेग्मी ले बताउनु भयो। तेसैले शुक्रबार थाक्रे गाउपालिका मा पनि अभिमुखिकण कार्यक्रम सन्चालन गरिएको हो ।

Chat Conversation End