डिभी चिट्ठाको नतिजा आज आउने

Share it with you friends

काठमाडौं, २४ जेठ । अमेरिकी डिभी चिट्ठाको नतिजा शनिबार प्रकाशित हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार  नेपाली समय अनुसार आज राति पौने १० बजे प्रकाशन हुनेछ।

डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने दूतावासले सूचित गरेको छ।

अमेरिकामा रहेका नेपालीले (७०३) ९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सकिने  सूचनामा उल्लेख छ। दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क बुझाउन कुनै पनि बेहोराको इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउनेसमेत जानकारी दिएको छ।

कन्फर्मेसन नम्बर प्रयोग गरी यहाँ क्लिक गरी नतिजा हेर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *