निर्वाचनका लागि विद्यालयमा चार दिन विदा

Share it with you friends

काठमाडौं । नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ । विद्यालय चार दिन र सरकारी कार्यालय ४ र ५ गते गरी जम्मा दुई दिन बिदा हुने भएका छन ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज (मङ्गलबार) जारी गर्नुभएको विज्ञप्तिमा सो कुरा उल्लेख छ । मङ्सिर २ गते शुक्रबार, ३ गते शनिबार, ४ गते मतदानको दिन र ५ गते सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । मङ्सिर ४ गते एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *