जीवनपुर साना किसान कृषि सहकारीको २०औँ बार्षिक साधारण सभा सम्पन्न
२९ मंसिर २०७९
जीवनपुर साना किसान कृषि सहकारीले आफ्नो २० औँ वार्षिक साधारण सभा गरेको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ३ मा रहेको उक्त सहकारीले विहिबार साधारणसभा गरेको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष राजेश कुमार रुचालले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीमा १ करोड ९९ लाख ११ हजारको शेयर रकम, २० करोड ३९ लाख ८७ हजार २७५ रुपैँया ऋण लगानी रहेको र कुल पुँजी २४ करोड ६० लाख १८ हजार ६ सय ४४ रुपैँया रहेको सहकारीका व्यवस्थापक रमेश रुपाखेतीले बताउनुभयो ।
संस्थामा अहिले ३१५ वटा समुह तथा १९१६ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष राजेश कुमार रुचालले बताउनुभयो ।
सहकारीका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षता र धुनिबेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेतीको प्रमुख आतित्थ्यता, धुनिबेशी नगरपालिकाका पुर्व उपप्रमुख निरु खरेल, जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य, धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बासुदेव बास्कोटाको विशेष आतित्थ्यतामा भएको साधारण सभामा विभिन्न वडाका वडा अध्यक्ष, संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका पदाधिकारी तथा सदस्य, कर्मचारी, सेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।