Share it with you friends

अनिल रुपाखेती । बिकासका लागि – ग्रामीण बिकास बिकास भनेको सकारात्मक रुपान्तरण हो। चाहे त्यो जुनसुकै क्षेत्र भित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै बिषय बस्तु को रुपमा रहि आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ। जहाँ जे कुराको अभाव छ, ती कुराहरू प्राप्त हुनु नै बिकास को पथमा लम्कनु हो भन्न सकिन्छ । अभावको परिपुर्ति हुँदा मानिसहरुले सन्तुष्टि प्राप्त गर्न सक्दछन । जब मानिसमा सन्तुष्टि प्राप्त हुन्छ तब उनिहरुमा सकारात्मक परिवर्तन प्रती अपेक्षाकृत गतिशीलता पैदा हुन्छ । बिकासका लागि राज्यले दीर्घकालीन योजना बनाएर काम गर्नु पर्दछ। हरेक स(साना उपलब्धिको समष्टिगत रुप नै दिर्घकालमा पुर्ण बिकासको अवस्था बन्न सक्छ । बिकास समय, भुगोल, परिस्थिती अनुसार गतिशील हुन्छ। बिकासले गुणात्मक फड्को मार्नको लागि सिङ्गो मुलुक भित्र रहेका स्रोत र साधनको उच्चतम अनि सहि सदुपयोग हुनुपर्छ । आफ्नो देशमा रहेको आर्थिक अवस्था अनि स्थानीय निकायको आफ्नो क्षमताबाट तत्कालिन अवस्थामा रहेको स्रोत र साधनलाई अधिकतम उपयोग गरि ग्रामिण बिकास गर्न सक्नु नै स्थानिय निकायको प्रमुखता हो। नेपाल ग्रामिण ईलाकाले भरिएको मुलुक हो । नेपालको कुल क्षेत्रफलको करिब ८२।९३ प्रतिशत भु(भाग ग्रामिण क्षेत्रमा पर्दछ । नेपालका करिब ८० प्रतिशत मानिस कृषि पेशालाई आफ्नो जिविकोपार्जनको रुपमा अगाल्दैं आईरहेका छन् । नेपालको कुल जनसंख्या को करिब ४०।३४ प्रतिशत युवाहरु वसोवास गर्दछन भने त्यसमा पनि ५४ प्रतिशत युवाहरु बेरोजगार रहेका छन् । ग्रामिण क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरु गरिबिको रेखामुनि रहेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको मनमा शान्ति र अनुहारमा कान्ति ल्याउनको लागि सर्वप्रथम स्थानिय सरकारले पहिला बिकासको अवधारणा ग्रामिण क्षेत्रबाट सुरु गर्नु पर्दछ । ग्रामीण बिकासको मेरुदण्ड अनि विकेन्द्रीकरणको उच्चतम नमुना अहिलेको अवस्थाको स्थानिय निकायको सरकार नै हो । स्थानीय निकायमा हुने सबै किसिमका कृयाकलापले ग्रामीण जनताको जिवनस्तरमा गुणस्तर कायम गर्न सकिन्छ । स्थानिय तहमा भएका प्राकृतिक स्रोत र साधनको मितव्ययी तरिकाले प्रयोग गर्ने हो भने ग्रामीण क्षेत्रमा बिकासको मुल फुटाउन सकिन्छ । नेपाल प्राकृतिक स्रोतहरुको तुलनामा जनसंख्या वृद्धि दर कम भएको बिश्वमा एकमात्र अल्पबिकसित मुलुक हो । यस्तो अवस्थामा देशमा भएको प्राकृतिक स्रोतहरु नै स्थानिय सरकारको आम्दानिको मुख्य स्रोत हो । स्थानिय निकायले अनुसन्धान को माध्यमबाट आफुसंग भएको प्राकृतिक स्रोतहरुको योजनाबद्ध उपयोग गर्न सकिन्छ । आफ्नो क्षेत्रमा कृषि, पर्यटन , औधोगिकरण वा अन्य कुनै बिकासका क्रियाकलाप को प्राथमिकिकरण स्थानिय निकायले गर्नु पर्दछ । जबसम्म ग्रामीण क्षेत्रलाई दिगो बिकास गरि स्थानिय समुदायलाई सचेत, क्षमतावान, सिपयुक्त, दक्ष र जिम्मेवारिको बोध गराउन स्थानिय निकायले सक्तैन तबसम्म बिकासे कुरा र भाषणले मात्र ग्रामीण बिकासको सरकारको अवधारणा पूरा हुन सक्दैन । ग्रामिण बिकास नभएसम्म शहर केन्द्रित भएको बिकासले मात्र बिकास भएको मान्न सकिँदैन । प्राकृतिक, साँस्कृतिक, सामाजिक, धार्मिक, रितिरिवाज, चालचलनले भरिपुर्ण देशमा आम्दानिको मुख्य स्रोत नै यसैलाई बनाउन सकिन्छ । बेला बेलामा बन्ने गरेका ग्रामीण बिकासको राष्ट्रिय नितिले कहिले पनि वास्तविक रुपमा ग्रामीण क्षेत्रको मर्म र भावनालाई समेटन सकेन । रोग, भोक, गरिबी, अशिक्षा बाट ग्रामिण जनताहरु ग्रसित रहेका छन् । अबको बिकास भनेको ग्रामीण बस्तिबाट गर्नुपर्छ । ग्रामिण बस्तिमा न्युनतम आधारभुत बिकास गर्न सकियो भने बर्सेनि प्रत्येक बस्तिबाट हजारौं संख्यामा हुने बसाइँसराइको समस्या हल गर्न सकिन्छ । ग्रामीण क्षेत्रको बिकासले आन्तरिक एवम् बाह्य पर्यटकहरुको संख्या ग्रामिण क्षेत्रमा क्रमिक रुपले वृद्धि हुन सक्दछ । जसले गर्दा ग्रामीण क्षेत्रमा आर्थिक उन्नति बढ्ने हुँदा ग्रामीण बिकासमा थप टेवा पुग्न सक्छ । त्यसतर्फ ध्यान दिन स्थानिय निकायले पनि आफुसंग भएको स्रोत र साधनको उच्चतम उपयोग गर्नु पर्दछ । नेपाल ग्रामीण पर्यटनले भरिपुर्ण छ भन्दा अतियुक्ती नहोला। एकातिर जातिय, धार्मिक, भाषिक विविधता र अर्कोतर्फ भौगोलिक रुपमा विविधता सहित विविधताले पर्यटनको क्षेत्र चम्किलो छ। स्थानी समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चाललचन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनको माध्यमबाट त्यस ठाउँको प्रचार प्रसार तथा आयआर्जन गर्ने पर्यटन ग्रामीण पर्यटन हो । मूलतः ग्रामिण जनताका लागि उनीहरू स्वयम्को सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामिण पर्यटन हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दुत गौतम बुद्वको देश भनेर परिचित हाम्रो देश नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेको राष्ट्र हो । विश्वका नै प्रख्यात हिम शृङ्खलाहरूको बाहुल्यता मात्र होइन, प्राकृतिक सुन्दरताले भरिपूर्ण, जातीय, भाषिक, धार्मिक, तथा भौगोलिक रूपमा समेत विविधताले निपूर्ण, जनजातीय समुदायहरूमा रहेको सांस्कृतिक सौन्दर्यता तथा संस्कारहरूले पर्यटनको माध्यमबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई समृद्व बनाउन सक्ने आधारहरू भएको देश नेपाल हो । पर्यटनको माध्यमबाट मुट्ठिभर मानिसको हित होइन कि समग्र राष्ट्रको समृद्वि हुनका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उनीहरू कै योजना र सक्रियतामा ग्रामिण समुदायको विकासका लागि अपनाइने पर्यटन व्यवसायलाई ग्रामिण पर्यटनभन्दा अयुक्ति हुने छैन ।
लेखक मच्छिन्द्र बहुमुखी क्याम्पस, खानिखोलामा ग्रामिण बिकास विषय अध्यापन गराउनुहुन्छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 7 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 7 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 7 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 11 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 10 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा