बैशाख २८, २०७६ धादिङ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आइतबार स्वदेश फर्कंदै छन् । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सहभागी भएर आइतबार दिउँसो उनी नेपाल फर्किन लागेका हुन ्। आइपिएलमा दिल्ली क्यापिटल्सको तर्फबाट खेलेका सन्दीपले यस सिजनमा ६ खेल खेलेका छन् । जसमा उनले दिल्लीका लागि ८ विकेट लिएका छन् । आइपिएलमा उनी आबद्ध दिल्ली क्यापिटल्स भने क्वालिफायर राउन्डबाट बाहिरिएको छ । आइतबार दिउँसो २ः३५ मा एयर इन्डियामार्फत उनी नेपाल आइपुग्ने क्यानका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।
Related Posts
-
साना किसानको दैनिक ६० हजार लिटर दूध किन्दै डिडिसी
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र…
-
सकारात्मक सोच र व्यावहारिक ज्ञानका साथ अघि बढ्न युवाहरूलाई थाक्रेका अध्यक्षको आह्वान
धादिङ — अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा थाक्रे गाउँपालिकाका अध्यक्षले युवाहरूलाई रचनात्मक क्षमता अभिवृद्धि गर्दै देश…
-
थाक्रेमा LRP-43 को सामाजिक परीक्षण: पारदर्शिता, समावेशिता र दिगो स्थानीय विकासमा सरोकारवालाको जोड
थाक्रे (धादिङ) । एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालले धादिङको थाक्रे गाउँपालिकामा सञ्चालन गर्दै आएको…
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…






Leave a Reply