धादिङ । सोमबार धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २३ पुरुष र ३० महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ९ सय ४६ जना पुरुष र ७ सय ८२ महिला गरी कुल एक हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा एक हजार ५४ रहेका छन भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै गल्छीमा ८३, त्रिपुरासुन्दरीमा ६९, ज्वालामुखीमा ६८, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ४०, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ११, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि
Related Posts
-
धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग
धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र…
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाको सम्झनामा आज सोमबार राष्ट्रिय…
-
धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार २०१ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धादिङबेँसी मुस्लिम समुदायले राहत रकम संकलन अभियान सञ्चालन गरेको थियो।
धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार…
-
महादेववेशीमा बाढीपीडितका लागि मानवीय सहयोग, १०० जनाले गरे रक्तदान
धादिङ । भोटेकोशी बाढीपीडितको सहयोगार्थ धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशीस्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खुल्ला…





Leave a Reply