धादिङ । सोमबार धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २३ पुरुष र ३० महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ९ सय ४६ जना पुरुष र ७ सय ८२ महिला गरी कुल एक हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा एक हजार ५४ रहेका छन भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै गल्छीमा ८३, त्रिपुरासुन्दरीमा ६९, ज्वालामुखीमा ६८, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ४०, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ११, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply