यसरी भित्रिन्छ नेपालमा तस्करीको सुन

Share it with you friends

काठमाडौं, १६ वैशाख । नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन्। आजको नागरिक दैनिकका अनुसार पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन्।

उनीहरुले सुन नेपालको विमानस्थल वा भूभागमा ल्याइदिने मात्रै काम गर्छन्।  दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत सुन भन्सार कटाउन सक्रिय हुन्छन्।

दोस्रो तहमा खास भरिया वा मध्यस्थकर्ता हुन्छन्, उनीहरुको लगानी हुँदैन। उनीहरु स्थलमार्ग रसुवाहुँदै सुन काठमाडौं भित्र्याउने गर्छन्।

हङकङ तथा कतार, दुबईबाट सुन ल्याउन फरकफरक समूह सक्रिय छन्। नेपाल प्रहरीले २०७१ मा तयार गरेका एक प्रतिवेदनअनुसार तेस्रो तहका कारोबारी भने काठमाडौं, वीरगन्ज, भैरहवा र सुनौली क्षेत्रमा क्रियाशील हुन्छन्।

उनीहरुले काठमाडौं आइपुगेको सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीलाई जिम्मा दिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *