धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल, सिम्ले धादिङ , मंसिर १५ । धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न भएको छ ।
बहसकर्ता नेपाल धादिङको प्राविधिक सहयोग तथा थाक्रे गाउपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।


थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, थाक्रे गाउपालिका का विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षा संग सरोकार राख्ने शिक्षा प्रेमीहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालले यस्ता खाले बहस कार्यक्रमले विद्यार्थीको तर्क तथा विश्लेषण गर्न सक्ने क्षमताको बृद्धि हुने भएकाले धादिङ जिल्लाभर नै यस्ता खाले कार्यक्रमको आवश्यकता रहेको बताउनु भयो । त्यस्तै गाउपालिका अध्यक्ष रामकुमार आचार्यले गाउपालिकाले आगामि दिनका निती तथा कार्यक्रममा पनि यस्ता खाले कार्यक्रमलाई समेट्ने बताउनु भयो ।
थाक्रे गाउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेतीले संचालन गर्नुभएको कार्यक्रममा किसान रिजाल र श्री कृष्ण सुवेदीको टिमले प्रथम स्थान हासिल गरेको थियो ।


थाक्रे गाउपालिका विकास र सम्बृद्धिका लागि बहस माध्यमिक तहको संसदीय बहस भन्ने नाराको साथ शुक्रबार देखी थाक्रे गाउपालिका वडा नं. २ को महाकाली माध्यमिक विद्यालय सिम्लेको प्राङ्गणमा संचालन भएको कार्यक्रममा थाक्रे गाउपालिका भित्रका १६ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *