दूधको मूल्य बढ्यो, शनिवारदेखि लिटरको ६ रुपैयाँ बढी तिनुपर्ने
१९ भदौ २०७६ ।
सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने भएको छ । दूग्ध विकास संस्थानले महंगीका कारण किसानको लागत बढेको भन्दै दुधको मुल्य बढाएको जनाएको छ । कृषिमन्त्री चक्रपाणी खनालले प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ती जनाएपछि स्थगित भएको थियो ।
बिहीवार कृषिमन्त्री चक्रपाणि खनालले दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेका छन् । फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ । बिहिबार को बोर्ड बैठकले बढेको मुल्यलाई सदर गर्ने भएको छ । बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानले र ३१ प्रतिशत डेरीहरुले पाउने भएका छन् । शनिबार बाटै नयाँ मुल्य लागू हुने भएको छ ।
