थाक्रे गाउपालिका ११ मा ट्याक्टर बितरण

Share it with you friends
राजाराम डंगोल थाक्रे,
१२ जेष्ठ,२०७७ – धादिंग जिल्लाको थाक्रे गाउपालिका ११ मा रहेको एभर ग्रिन तरकारी ब्ल्क संचालक समितिले प्रधानमन्त्रि कृषि अधुनिकिकरण कार्यक्रम अन्तर्गत ५०% अनुदानमा ट्याक्टर बितरण कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्रि कृषि अधुनिकिकरण परियोजना अन्तर्गत एभर ग्रीन तरकारी ब्ल्क संचालक समिति थाक्रे -११ को आर्थिक वर्ष २०७६ /७७ को विभिन्न कृषि औजार वितरण कार्यक्रम अन्तर्गत कृषि औजार सामाग्रीहरु वितरण सुरु गरिएको हो ।
बितरण गरिएको सागाग्रीहरुमा लहरे बालीको लागि डोरी सुतली माग अनुसार सबै किसानहरुलाई बितरण गरिएको छ । व्यावसायीक कृषकहरुको लागि फलामे पोल ५० % अनुदानमा, स्प्रे पम्प माग अनुसार वडाका सबै कृषक हरुको लागि, उत्पादित तरकारी हरु जोख्नको लागि डिजिटल काटा माग अनुसार , पोलिथिन पाइप १६ एम.एम देखि ४० एम.एम सम्मको पाइप ६ हजार मिटर ४३ जना कृषकहरुको लागि , मिनी टेलर ट्याक्टर डिजेल वाला ७ वटा ५५ हजारको दरले , प्याट्रोल वाला २६ वटा ५० हजारको दरले, सिचाइको लागि प्लास्टिक पोखरी बितरण गरिएको छ ।
कुल अनुदान लागत कृषि ज्ञान केन्द्र बाट ३५ लाख रुपया र किसान को ३५ लाख रुपैया गरी जम्मा ७० लाखको कार्यक्रम अनुसार सामाग्री वितरण गरिएको हो। कार्यक्रम मा थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य ले सामाग्रीहरु कृषक हरुलाई हस्तान्तरण गर्नु भएको थियो भने जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मी , पालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती , वडा नम्बर ११ का वडा अध्यक्ष रबिप्रकाश ओझा कृषकहरु लगाएत को उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम विश्वामा फैलीरहेको कोरोना भाइरस ( कोभिड १९ ) को कारण भौतिक दुरी कायम गरि संचालन गरिएको एभर ग्रीन तरकारि ब्ल्क संचालक समिति थाक्रे -११ का समिति संयोजक देवराज पौडेल ले देश विकाश डट कम लाइ जानकारी दिनु भयो ।

 

 

Chat Conversation End
  • Related Posts

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीद्धारा प्रस्तुत…

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी)…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 16 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 16 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 23 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध